विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ।
अन्तिम बलमा १ रन चाहिएको अवस्थामा ब्याटर राजेश पुलामीले चौका प्रहार गर्दै चितवनलाई रोमाञ्चक जित दिलाएका हुन्।
राजेश पुलामी ४३ र शाहव आलम १ रनमा नटआउट रहे। ३९ बलको सामना गरेका राजेशले २ चौका र २ छक्का हाने।
विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर भेट्टायो।
छैटौ विकेटका लागि कप्तान सोमपाल कामी र राजेश पुलामीले ३१ रनको साझेदारी गरे। कप्तान सोमपाल ९ रनमा करण केसीको बलमा क्याच आउट भए। ११ बलको सामना गरेका सोेमपालले एक छक्का हाने।
पाचौँ विकेटका लागि राजेश पुलामी र करिम जन्नतले ३२ रनको साझेदारी गरे। करिम १९ रन थप्दै पवेलियन फर्के। रयान पठानको बलमा करिम क्याच आउट हुन पुगे। १८ बलको सामना गरेका करिमले १ चौका र १ छक्का हाने।
भीम सार्कीले ३० र दिलिप नाथले २३ रनको योगदान दिए। चौथो विकेटका लागि भिम र दिलिपले २७ रनको साझेदारी गरे। ११ बलको सामना गरेका भीमले ५ चौका र १ छक्का हाने। दिलिपले २१ बलमा १ चौका र २ छक्का हान्दै २३ रन जोडे।
ओपनरको रुपमा क्रिजमा आएका शहजाद १ रनमा नै पवेलियन फर्के। शहजाद इपीएलमा डेब्यु म्याच खेलिरहेका बायाँ हाते बलर प्रतिक जिसीको बलमा आउट हुन पुगे। ५ बलको सामना गरे शहजाद लामो समय क्रिजमा टिक्न सकेनन्। जिसीले शहजादलाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।
भीम सार्की ३० र दिलीप नाथले २३ रन थपे। भिम सार्की करण केसीको बलमा विकेट किपरको हातबाट आउट भए। दिलीप नाथ सिकन्दर राजाको बलमा सौरभ खनालको हातबाट क्याच आउट भए। अर्का ओपनर इशान पाण्डे १० रनमा आउट भए। ७ बलको सामना गरेका पाण्डेले १ छक्का र १ चौका हाने। सेकुगे प्रशन्ना ३ रनमा रन आउट भए। कमल ऐरि १ रनमा बोल्ड आउट भए।
विराटनगरका सिकन्दर राजा र कप्तान करण केसीले समान २ तथा प्रतिश जिसी र रयान पठानले समान १ विकेट लिए। राजाले आफ्नो स्पेलमा ३४ रन खर्चेर २ विकेट लिएका हुन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको थियो।
विराटनगरका सौरभ खनाल ३० र अनिल खरेल शुन्य रनमा नटआउट रहे। खनालले १९ बलमा २ छक्का र ३ चौका हाने।
दोस्रो ओभरमा ३ विकेट गुमाएर ९ रनका खराब स्थितीमा पुगेको विराटनगरलाई सिकन्दर राजा र अनिल शाह राम्रो पुनरागमन गराएका थिए।
चौथो विकेटका लागि अनिल शाह र सिकन्दर राजाले ६१ रनको साझेदारी गर्दै विराटनगरको संकट टार्दै इनिङ् उकासेका थिए। अनिल शाह ३२ रनमा सागर ढकालको बलमा बोल्ड आउट भए। ३१ बलको सामना गरेका शाहले ३ चौका र १ छक्का हाने।
सातौ विकेटका लागि राजा र सौरभ खनालले ५१ रनको साझेदारी गरे। सिकन्दर राजाले ६७ रनमो महत्वपुर्ण योगदान दिए। ४६ बलको सामना गरेका राजाले ७ छक्का र २ चौका हाने। १७ औँ ओभरको चौथो बलमा ठुलो सट खेल्ने धुनमा राजा कमल ऐरीको बलमा भीम सार्कीको हातबाट क्याच आउट हुन पुगे।
विरानगरका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। खराब सुरुवात गरेको विराटनगरले सुरुवाती ३ ओभरमा नै तिन विकेट गुमाएको थियो।
पहिलो ओभरमा नै २ विकेट गुमाएको विराटनगरले दोस्रो ओभरमा एक विकेट गुमाउन पुग्यो। विराटनगरले ओभरको पहिलो बलमा नै ओपनर आशिफ शेख गोल्डेन डक आउट हुन पुगे।
पहिलो ओभरको अन्तिम बलमा रयान पठान सोमपाल कामीको हातबाट बोल्ड आउट भए। ३ बलमा १ चौका सहित ४ रन जोडेका थिए।
तेस्रो विकेटको रुपमा विराटनगरले ओपनर चन्द्रपउल हेमराजलाई गुमायो। ५ बलमा २ रन जोडेका हेमराजलाई कमल ऐरीले बोल्ड गरे। सुमित महर्जन शुन्य रनमा नै एलबीडब्लु धरापमा परे। कप्तान करण केसी १ रनमा पवेलिएन फर्के।
चितवनका कप्तान सोमपाल कामीले पहिलो ओभरमा नै दुई विकेट लिदै टोलीलाई सफलता दिलाएका थिए। सागर ढकाल, कमल ऐरि करिम जन्नतले समान २ लिए। शाहब आलमले एक विकेट झारे।
आजै हुने दोस्रो खेलमा पोखरा राइनोज् र भैरहवा ग्लाडियर्टस् भिड्नेछन्। खेल दिउँसो साढे १ बजे हुनेछ।
Shares

प्रतिक्रिया