अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शहजाद एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पहिलो खेलमा चल्न सकेनन्। ओपनरको रुपमा क्रिजमा आएका शहजाद १ रनमा नै पवेलियन फर्के।
शहजाद इपीएलमा डेब्यु म्याच खेलिरहेका बायाँ हाते बलर प्रतिक जिसीको बलमा आउट हुन पुगे। ५ बलको सामना गरे शहजाद लामो समय क्रिजमा टिक्न सकेनन्।
जिसीले शहजादलाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।
विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको चितवन ११ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ।
अर्का ओपनर ईशान पाण्डे १० रनमा आउट भए। ७ बलको सामना गरेका पाण्डेले १ छक्का र १ चौका हाने। ण्
भीम सार्की ३० र दिलीप नाथले २३ रन थपे। भीम सार्की करण केसीको बलमा विकेट किपरको हातबाट आउट भए।
दिलीप नाथ सिकन्दर राजाको बलमा सौरभ खनालको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा राजेश पुलामी १२ र करिम जन्नत ८ रनमा नटआउट छन्।
Shares

प्रतिक्रिया