खेल


इपीएलमा काठमाडौंको विजयी सुरुवात

इपीएलमा काठमाडौंको विजयी सुरुवात

नेपालखबर
असोज ९, २०७८ शनिबार १५:४१, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौ किग्स एलाभेनले विजयी सुरुवात गरेको छ। काठमाडौले ललितपुरलाई ७ विकेटले पराजित गर्दै सिजनको विजयी सुरुवात गरेको हो।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौले १४ दशमलव २ बलमा  ३ विकेटको क्षतिमा भेट्टायो। 

तेस्रो विकेटका लागि ओपनर रहमुल्लाह गुरवाज र रयान वर्लले ७६ रनको साझेदारी गरेपछि काठमाडौंले सहजै जित हात पारेको हो।  ओपनर रहमुल्लाह ५९ रनमा पवेलियन फर्के। ३६ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। 

यस्तै उसका सुवास खकुरेल शुन्य र अमित श्रेष्ठ ४ रनमा रन आउट भए। रयान वर्ल ७३ र राजु रिजाल १९ रनमा नटआउट रहे। 

आक्रमक ब्याटिङ गरेका रयानले ३४ बलमा ७ छक्का र ३ चौका प्रहार गरे । राजुले २ छक्का प्रहार गरे। 

ललितपुरका पवन सर्राफले १ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस हारेर ब्याटिङको निम्तो भएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो। 

ललितपुरले पहिलो ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान कुशल भुर्तेललाई गुमायो। जितेन्द्र मुखियाको पहिलो बलमा नै भुर्तेल विकेट किपर रमल उल्लाको हातबाट क्याच भए। 

पहिलो ओभरमा अन्तिम बलमा जितेन्द्र मुखियाले नै दोस्रो विकेट झारे। विकेट विकेटकिपर सन्दुन विकारकोडी  २ रन जोड्दा पेवेलियन फर्के। 

दोस्रो ओभरको तेस्रो बलमा नै तेस्रो विकेट गुमाएको हो। काठमाडौका गुलसन झा ले तेस्रो विकेट झारे। उनलेओसादा फर्नान्डोलाई ४ रन जोड्ला एलबीडब्लु धरापमा पारे।

छैटौं ओभरमा बलिङ गर्न आएका पाकिस्तानी स्टार शाहिद अफ्रीदीले पहिलो ओभरमै १३ रन ब्यहोरे। 

लगातार विकेट पतनपछि दबाबमा रहेको ललितपुरको पारी पवन सर्राफ र शंकर राना सम्हाले। चौथो विकेटका लागि उनीहरुबीच ५६ रनको साझेदारी भएको थियो।

शंकर राना नवौं ओभरको अन्तिम बलमा आउट भएसँगै उक्त साझेदारी टुटेको थियो। २७ बलको सामना गरेका रानाले १४ रन बनाए। 

पाँचौ विकेटका लागि पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले ६२ रनको रनको साझेदारी गरे।

४३ बलको सामना गरेका पवनले ४ छक्का र ५ चौकासहित ६१ रन जोडे। रायनको बलमा शेर मल्लले पवनलाई क्याच आउट पारेका थिए। 

​छैटौ विकेटमा ललितपुरले योगेन्द्रलाई गुमायो। योगेन्द्रले ३३ रनमा रायन बडले एलबीडब्लु धरापमा परे। २० बलमा उनले ३ छक्का हाने। रासिद खान एक रनमा आउट भए। 

भुटानी खेलाडी रानजुङ मिक्यो दोर्जी १२ रनमा आउट भए। उनी गुलशन झाको बलमा शाहिद अफ्रिदीको हातबाट क्याच आउट भए। नाराएन जोशीले १२ रन थपे। ४ बलको सामना गरेका उनले ३ चौका हाने। ललित नाराएण राजवंशी शुन्य रनमा नटआउट रहे। 

काठमाडौका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए। रायन बोटले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए।  गुलसन झाले दुई विकेट लिए। जितेन्द्रले ४ ओभरमा ४ विकेट झार्दा १८ रन खर्चे। शाहिद अफ्रिदीले आफ्नो स्पेलमा ३२ रन खर्चे। काठमाडौका कप्तान सन्दीप लामिछाने मज्जाले चुटिए। उनले ४ ओभरमा ४४ रन खर्चदा कुनै विकेट झार्न सकेनन्। 

पवनको अर्धशतक 
ललितपुरका मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले यो सिजनको इपीएलमा पहिलो अर्धशतक पुरा गरेका छन्। पवनले ४० बलमा अर्धशतक पुरा गरेका हुन्। पाँचौ नम्बरमा ब्याटिङमा आएका पवनले ३ छक्का र ४ चौका मद्धतमा अर्धशतक पुरा गरे।  

यो सिजनमा पवनले पहिलो अर्धशतक हानेका हुन्। ४३ बलको सामना गरेका पवनले ४ छक्का र ५ चौका मद्धतमा ६१ रन जोडे।

रहमुल्लाह गुरवाजको अर्धशतक 
अफगानिस्तानका ब्याट्सम्यान रहमुल्लाह गुरवाजले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा अर्धशतक प्रहार गरेका छन्। इपीएलमा अधएशतक हान्ने रहमुल्लह दोस्रो खेलाडी तथा पहिलो विदेशी खेलाडी हुन्। ललितपुरविरुद्धको उद्घाटन खेलमा रहमुल्लाहले अर्धशतक पुरा गरे।  उनले २४ बलमा ४ चौका र ४ छक्का मद्धतमा अर्धशतक पुरा गरे। 

रयान वर्लको अर्धशतक
काठमाडौ किग्स एलाभेनका ब्याट्सम्यान रयान वर्लले एभरेष्ट प्रिमियर लिगमा अर्धशतक पुरा गरेका छन्। आक्रामक ब्याटिङ गरिरहेका रयानले २७ बलमा ६ छक्का र १ चौका मद्धतमा अर्धशतक पुरा गरे। इपीएलमा अर्धशतक पुरा गर्ने रयान दोस्रो विदेशी खेलाडी हुन्। उद्घाटन खेलमा अर्धशतक हान्ने रयान तेस्रो खेलाडी हुन्।

इपीएलमा भोलि पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स विहान साढे ९ बजे तथा दोस्रो खेलमा भैरहवा ग्लाडियर्टस् र पोखरा राइनोज साढे १ बजे भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad