एभरेष्ट प्रिमिएर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगितामा ललितपुरले दोस्रो ओभरमा नै तिन विकेट गुमाइसकेको छ।
ललितपुरले पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको छ। पजतेन्द्र मुखियाको पहिलो बलमा नै भुर्तेल आउट भएका हुन्। विकेट किपर रमल उल्लाको हातबाट आउट भए।
पहिलो ओभरमा अन्तिम बलमा जितेन्द्र मुखियाले दोस्रो विकेट झारेका हुन्। सन्दीन विकिदिनी पेवेलियन फर्के।
दोस्रो ओभरको तस्रो बलमा नै तेस्रो विकेट गुमाएको हो। काठमाडौका गुलसन झा ले तेस्रो विकेट झारेका हुन्। ललितपुरले ओसादा फर्नान्डोलाई आउट गराउँदै लगातार तेस्रो सफलता दिलाएका हुन्।
लगातार विकेट पतनपछि ललितपुर दबाबमा आएको छ।
इपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स एलाभेन बीच प्रसतस्पर्धा भैरहेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछी ललितपुरले ब्याटिङ गरिरहेको छ।
Shares

प्रतिक्रिया