चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स एलाभेन भिड्दैछन्।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौले टस जितेर फिल्डिङ रोजेको छ।
खेल सवा १२ बजे हुनेछ। कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर तथा सन्दीप लामिछानेको नेतृत्वमा रहेको काठमाडौं दुवै विजयी सुरुवात गर्ने लक्ष्यमा छन्।
चौथो संस्करणको ईपीएल आज असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन्।
यसबाट शीर्ष चार टोली क्वालिफायर चरणका लागि छनोट हुनेछन्। पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ। उपाधि विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
Shares

प्रतिक्रिया