खेल


ईपीएल आजदेखि, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

ईपीएल आजदेखि, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७८ शनिबार ८:४४, काठमाडौँ

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिता आज (शनिबार) सुरु हुँदै छ। 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ भिड्दै छन्।

खेल नेपाली समयानुसार दिउँसो सवा १२ बजे सुरु हुने आयोजकले जनाएको छ। 

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर तथा सन्दीप लामिछानेको नेतृत्वमा रहेको काठमाडौं दुवै आफ्नै विजयबाट खेलको उद्घाटन गर्ने योजनामा छन्। 

चौथो संस्करणको ईपीएल आज असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन्।

यसबाट शीर्ष चार टोली क्वालिफायर चरणका लागि छनोट हुनेछन्। पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ। उपाधि विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

यसपटकको ईपीएलमा २४ जना विदेशी खेलाडी सहभागी हुँदै छन्। हरेक टोलीमा ४/४ जना विदेशी खेलाडी रहने भएका हुन्। ६ टोलीमा बाँडिने ती २४ खेलाडी ११ देशका छन्।

सबैभन्दा बढी श्रीलंकाबाट ८ खेलाडी छन्। अन्यमा अफगानिस्तानका ४, मलेसिया, जिम्बावे र वेस्ट इन्डिजबाट २/२, बंगलादेश, क्यानडा, पाकिस्तान, सिंगापुर, भुटान र 
दक्षिण अफ्रिकाबाट १/१ जना खेलाडी ईपीएलमा सहभागी हुँदै छन्। 

ईपीएल टाेलीका कप्तान र विदेशी खेलाडी

काठमाडौं किंग्स-११ : शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रसाद (सिंगापुर),  रायन बर्ल (जिम्बावे), राहमानुल्लाह गुरबाज (अफगानिस्तान)  कप्तान – सन्दीप लामिछाने

ललितपुर प्याट्रिओट्स :  अजमातुत्लाह ओमार्जाइ (अफगानिस्तान), ओसाडा फर्नान्डो (श्रीलंका), सान्दुन वीराकोडी (श्रीलंका), मिक्यो दोर्जी (भुटान)  कप्तान – कुशल भुर्तेल

पोखरा राइनोज :  साहन अरचिगे (श्रीलंका), रिचार्ड लेभी (दक्षिण अफ्रिका), असेला गुणरत्ने (श्रीलंका), केसरिक विलियम्स (वेस्ट इन्डिज)      कप्तान – विनोद भण्डारी

भैरहवा ग्लाडिएटर्स : तमिम एकबाल (बंगालदेश), उपुल थारांगा (श्रीलंका),  धम्मीका प्रसाद (श्रीलंका), शर्भिन मुनिएन्डी (मलेसिया)   कप्तान-  शरद भेषवाकर

चितवन टाइगर्स :  मोहमद शाहजाद (अफगानिस्तान),  करिम जनत (अफगानिस्तान), सिकुगे प्रशन्न (श्रीलंका), विरनदीप सिंह (मलेसिया)  कप्तान – सोमपाल कामी ​

विराटनगर वारियर्स :  रायन पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्ट इन्डिज), सिकन्दर राजा (जिम्बावे), दीलसान मुनावीरा (श्रीलंका)     कप्तान – करण केसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad