खेल


मालोर्काविरुद्ध रियलको गोल वर्षा

मालोर्काविरुद्ध रियलको गोल वर्षा

नेपालखबर
असोज ७, २०७८ बिहिबार १७:४, काठमाडौँ

मालोकाविरुद्ध गोल वर्षा गर्दै स्पेनिस महारथि रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोलले हरायो।

रियलको जितमा विंगर मार्काे असेन्सियोले ह्याट्रिक पूरा गरे। कप्तान करिम बेन्जेमाले दुई गोल गरे। दुई गोलसँगै बेन्जेमा जारी लिगमा ब्यक्तिगत आठ गोल पु¥याएका छन्। एक गोल इस्कोले थपेका थिए। मलोर्काका काङ इन लिले सान्त्वना गोल फर्काएका थिए।

रियलले खेलको तेस्रो मिनेटमै बेन्जेमाको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा मार्काे असेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। २५औं मिनेटमा काङ इन लिले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे।

त्यसपछि २९औं मिनेटमा असेन्सियाले गोल गर्दै पहिलो हाफमा रियललाई थप बलियो बनाए। दोस्रो हाफमा थप शसक्त देखिएको रियलले ५५औं मिनेटमा अर्को गोल थप्यो। असेन्सियोले करिम बेन्जेमाको पासमा ह्याट्रिक पूरा गरे।

७८औं मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दे रियलको अग्रता फराकिलो बनाए। ८४औं मिनेटमा इस्कोले भिनियिस जुनियरको पासमा गोल रियललाई फराकिलो जित दिलाएका थिए। ६९ प्रतिशत बल पोसेसन राखेको रियलले खेलभर लगातार गोलको अवसर बनाएको थियो। ह्याट्रिक पूरा गरेका असेन्सियो ‘म्यान अफ दी म्याच’ बने।

जितसँगै लिगमा अपराजित यात्रा जारी राखेको रियल ६ खेलबाट १६ अंक बनाएको छ। रियलले पुनः शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १४ अंक छ। रियलसँग पराजित मालोर्का आठ अंक सहित १०औं स्थानमा छ। तेस्रो स्थानमा रहेको सेभयाको ११ अंक छ।

बुधबार रातिनै भएको खेलमा सेभियाले भ्यालेन्सियालाई ३–१ गोलले हरायो। सेभियाको जितमा पपु गोमेजले तेस्रो र राफा मिरले २२औं मिनेटमा गोल गरेका थिए। सेभियाले अर्को गो भ्यालेन्सियाबाट आत्मघाती उपहार पाएको थियो। भ्यालेन्सियाका लागि हुगो डुरोले ३१औं मिनेटमा सान्त्वना गोल गरेका थिए। हारपछि १० अंक बनाएको भ्यालेन्सिया चौथो स्थानमा छ। अन्य खेलमा स्पान्योलले अलाभेस र भिल्लारियलले इल्चेलाई ४–१ गोलले पराजित गरेको छ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ। त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad