खेल


स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०७८ बिहिबार १४:४२, काठमाडौँ

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए। 

प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो। 

दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । 

नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो। 

दुई खेलमा नेपाले एक अङ्क मात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad