खेल


हङकङसँग नेपालले खेल्यो बराबरी

हङकङसँग नेपालले खेल्यो बराबरी

नेपालखबर
असोज ५, २०७८ मंगलबार १७:५६, काठमाडौँ

एएफसी महिला एसियन कप–२०२२ छनोटमा हङकङसँगको आजको खेलमा नेपाली महिला फुटबल टोलीले बराबरी खेलेको छ।  

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै टुंगिएको हो। 

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आजको खेलमा १ खेलाडी परिवर्तन गरेका थिए। डिफेन्डर पुजा रानाको स्थानमा विमला विकलाई मौका दिएका थिए। 

नेपाल र हङकङ सन् १९८९ पछि पहिलो पटक आमनेसामने भएका हुन्।  

यसअघि नेपालले हङकङसँग खेलेका दुवै खेलमा पराजित भएको थियो। सन् १९८६ मा १–० ले पराजित भएको नेपाल सन् १९८९ मा ३–० को फराकिलो अन्तरले पराजित भएको थियो। 

समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो। फिलिपिन्स र हङकङबीचको खेल शुक्रबार हुनेछ। 

समूहको शीर्ष टोलीले जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एसियन कप खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad