ad ad

खेल


पारस, वसन्त र दीपेन्द्रले खेल्नेछैनन् यसपालिको ईपीएल

पारस, वसन्त र दीपेन्द्रले खेल्नेछैनन् यसपालिको ईपीएल

नेपालखबर
असोज ५, २०७८ मंगलबार १५:८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासिहत स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन्। 

ईपीएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नामावलीमा पूर्वकप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन्। 

काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण खेल्न नसक्ने भएका हुन्। 

ओमान भ्रमणको क्रमम दीपेन्द्रले खुट्टामा चोट बोकेका थिए। चोटका कारण दीपेन्द्र कम्तीमा चार हप्ता मैदानबाहिर रहनेछन्।  

पारसले दुई महिनाअघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । राष्ट्रिय टोलीबाट सन्यास लिए पनि घरेलु क्रिकेट खेल्ने बताएका थिए।  

वसन्त गत चैतदेखि अमेरिकामा घरेलु क्रिकेट खेल्दै आएका छन्। 

ईपीएल असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। ईपीएलको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .