भारतीय तथा आइपीएल टोली रोयल च्यालेन्जर्स बैग्लोरका कप्तान विराट कोहलीले इंन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को यो सिजनपछि टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्।
कोहलीले आइतबार यो सिजनको अन्त्यपछि टोलीको कप्तानी छाड्ने घोषणा गरेका हुन्।
कोहलीले केही दिनअघि टि–२० विश्वकपपछि टोलीको कप्तानी छाड्ने बताएका थिए। तर उनले एक दिवसीय र टेष्टको कप्तानी भने गर्नेछन्।
‘कप्तानको रुपमा बैग्लोरमा यो मेरो अन्तिम लेग हो। ३२ वर्षीय कोहलीले भने, ‘कामको बोझ कम गर्न मैले टि–२० को कप्तानी छाड्ने घोषणा गरेँ। म आफ्नो जिम्मेवारी पूरा गर्न अझै सक्षम हुन चाहान्छु।’
सन् २००८ बाट बैग्लोरमा जोडिएका कोहलीले सन् २०१३ बाट टोलीको कप्तानी सम्हालेका थिए।
12
Shares
प्रतिक्रिया