उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोट फिलिपिन्ससँगको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ।
जेएआर एसओके स्टेडियममा जारी खेलको १० औँ मिनेटमा नेपालले अग्रता बनाएको हो।
फरवर्ड विमला चौधरीको गोलमा नेपालले अग्रता बनाएको हो।
महिला फुटबलमा नेपाल र फिलिपिन्स सन् १९९९ पछि पहिलो पटक खेल्न लागेका हुन्। एएफसी महिला च्याम्पियनसिप अन्तर्गत नै भएको त्यो घेटमा नेपाल ५–० ले पराजित भएको थियो।
समूह एफ मा रहेको नेपालले ५ असोजमा हङकङसँग खेल्नेछ। खेल फिलिपिन्स र हङकङबीचको खेल असोजमा ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
यो प्रतियोगितालाई विश्वकप छनोटको रुपमा समेत लिईएको छ। एशियन कपमा छनोट हुने टोलीले मात्र विश्वकप छनोट खेल्न पाउनेछन्।
Shares
प्रतिक्रिया