खेल


अमेरिकाविरुद्ध नेपाललाई तेस्रो झट्का

अमेरिकाविरुद्ध नेपाललाई तेस्रो झट्का

नेपालखबर
असोज १, २०७८ शुक्रबार १७:२५, काठमाडौँ

आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको जारी खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ। 

१५औं ओभरमा नेपालले मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेललाई २ रनमै गुमाएको हो। अमेरिकी बलर इममोरा हेचिकन्सनले पौडेललाई करिमा गोरेको हातबाट क्याच गराए। 

ओमानको अल अमरेत क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ६४ रन बनाको छ। 

यसअघि ओपनर आशिफ शेख दोस्रो ओभरको पाँचौ बलमा ठुलो सट खेल्ने क्रममा क्याचआउट भएका थिए। ११ बलको समना गरेका शेखले ३ रन जोडे। 

अर्का ओपनर कुशल भुर्तेल ३६ रन बनाएर फर्किएका छन्। ४३ बलको सामना गरेका कुशलले ५ चौका र १ छक्का हाने।

अहिले कप्तान ज्ञानेन्द्र मल्ल ८ र रोहित पौडेल २ रन बनाएर क्रिजमा छन्।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। विक्रम शोबलाई बेन्चमा राख्दै तिव्र गतिका बलर गुलशन झाले डेब्यु गरेका छन्।

गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad