ad ad

खेल


नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल बोल्ड आउट

नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल बोल्ड आउट

नेपालखबर
असोज १, २०७८ शुक्रबार १७:१२, काठमाडौँ

अमेरिकाविरुद्धको जारी विश्व क्रिकेट लिग-२ को एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। 

नेपालका कुशल भुर्तेललाई अमेरिकाका करिम गोरेले बोल्ड पारेका हुन्। ४३ बल खेलेका भुर्तेलले ५ चौका र १ छक्काको मद्दतमा ३६ रन बनाए। 

 यसअघि गोरेले नै नेपालका अर्का ओपनर आशिफ सेखलाई ३ रनमा आउट पारेका थिए। 

१२ ओभरको समाप्तिमा नेपालले ५७ रन जोडेर २ विकेट गुमाएको छ। 

 क्रिजमा ज्ञानेन्द्र मल्ल ८ र रोहित पौडेल १ रनमा खेलिरहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .