खेल


चीनको ‘स्टेडियम डिप्लोमेसी’ : कम्बोडियामा बनाइदियो जहाज आकारको १५ करोड डलरको रंगशाला

चीनको ‘स्टेडियम डिप्लोमेसी’ : कम्बोडियामा बनाइदियो जहाज आकारको १५ करोड डलरको रंगशाला

मोरोदोक टेक्नो नेशनल स्टेडियम । सबै तस्बिर : Getty Image/Business Insider


नेपालखबर
असोज १, २०७८ शुक्रबार १५:२१, काठमाडौँ

कम्बोडियालाई चीनले १५ करोड डलर लागतमा नयाँ रंगशाला निर्माण गरिदिएको छ। 

कम्बोडियालाई नयाँ रंगशाला बनाइदिने चीन पछिल्लो देश हो। 

चिनियाँ विदेशमन्त्री वांग यीले केही दिनअघि मात्र औपचारिक रुपमै ‘मोरोदोक टेक्नो नेशनल स्टेडियम’ प्रधानमन्त्री मन सेनलाई हस्तान्तरण गरेका हुन्। 

स् २०१३ देखि स्टेडियम निर्माण सुरु भएको थियो। हस्तान्तरण गर्दै वांगले मित्रराष्ट्रको नाताले उक्र परियोजना पूरा गरी हस्तान्तरण गरेको बताएका थिए। 

उक्त रंगशाला राजधानी नोम पेन्हमा छ भने कम्बोडियाले सन् २०२३ मा ३२औँ दक्षिणपूर्वी एसियन गेम्स आयोजना गर्दै छ। 

यसको डिजाइन डुंगाकारको छ। ३२४ फुट अग्लो पाँचतले यो स्टेडियमको डिजाइनले चीन–कम्बोडियाको सम्बन्ध झल्काउँछ। 

सयौँ वर्षअघि चिनियाँहरु जहाजबाटै कम्बोडिया पुगेको बताइन्छ। 

यो रंगशालामा ६० हजार मानिस बस्न सक्छन्। यसमा अन्तर्राष्ट्रिय स्तरको फुटबल पिच छ। त्यस्तै ओलम्पिक साइजको स्विमिङ पुल, रनिङ ट्राक पनि समावेश छ। यसबाहेक ट्रेनिङ हल, इन्डोर जिम, एक्वेटिक सेन्टरलगायतका पूर्वाधार छन्। 

३ सय ४० चिनियाँ इन्जिनियर र २४० कम्बोडियाली कामदारले स्टेडियम बनाएका हुन्। 

‘स्टेडियम डिप्लोमेसी’
चीनले पछिल्लो समय विकासोन्मुख देशहरुलाई पूर्वाधार परियोजना उपहार दिइरहेको छ। बिजनेस इन्साइडरका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनासँग साटफेर गरी प्रभाव जमाउन चीनले यसलाई जोड दिएको हो। 

चीनले विमानस्थल, सडक, शिपिङ लेन्सजस्ता पूर्वाधार चीनले बनाइदिने गरेको छ। पछिल्लो समय स्टेडियम चीनको मुख्य प्राथमिकतामा परेको छ। एसिया, ल्याटिन अमेरिका र अफ्रिकी देशमा चीनले सयभन्दा धेरै स्टेडियम बनाइसकेको छ। 

निर्माण, डिजाइन र लगानी सबै चीनकै रहेको सन् २०१९ को ह्याबिट्याट इन्टरनेशनल जर्नलको रिपोर्टले देखाएको छ। 

केही अनुसन्धाताले त चीनको यस्तो विकास सहयोगलाई ‘स्टेडियम डिप्लोमेसी’ अर्थात् रंगशाला कूटनीति पनि भन्ने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad