खेल


महाराष्ट्रमा सिनेमाघर नखुल्दा बलिउड फिल्महरू घाटामा

महाराष्ट्रमा सिनेमाघर नखुल्दा बलिउड फिल्महरू घाटामा

नेपालखबर
असोज १, २०७८ शुक्रबार १५:६, काठमाडौँ

'बेल बटम', 'चेहरे' र 'थलाइवी' जस्ता फिल्मका निर्माताहरूले महाराष्ट्रमा सिनेमाघरहरु नखोलिकनै फिल्म रिलिज गर्न साहस जुटाएका थिए।  तर उनीहरूको फिल्मको कमाइ अपेक्षा गरेभन्दा निकै कम भयो।  

अक्षय कुमारको 'बेल बटम' र कंगना रनौतको 'थलाइवी', जो कोरोनाको दोस्रो लहर पछि भर्खरै हलहरूमा रिलिज भएका थिए। ती फिल्मले सिनेमा क्षेत्रलाई पुन: ब्यूँताउने आशा गरिएको थियो। तर ती फिल्मले बक्स अफिसमा केही खास गर्न सकेनन्। यसको कारण थियो महाराष्ट्रमा हलमा गरिएको प्रतिबन्ध।

'बेल बटम' ले करिब ३० करोड संकलन गर्‍यो। तर अमिताभ बच्चनको 'चेहरे'ले २.५ करोड मात्र कमाएको छ। 

'थलाइवी' दुई हप्तापछि रिलिज गर्ने सम्झौता थियो, यसैकारण फिल्म मल्टिप्लेक्स मा रिलिज हुन सकेन। त्यसकारण यसको कमाइ अत्यन्तै कम भएको विश्लेषकहरू बताउँछन्। 

आगामी दिनमा कुनै निर्माताले आफ्नो फिल्म तबसम्म थिएटरमा रिलिज गर्दैनन्,  जबसम्म महाराष्ट्रका सिनेमाघर खुल्दैनन्। बरु विस्तारै फिल्महरू ओटीटी प्लेटफर्ममा जाने क्रममा छन्।

उदाहरणका लागि, विकी कौशलको फिल्म 'सरदार उधम सिंह' ओटीटीमै गयो।

एकै समयमा, 'बेल बटम'  र 'थलाइवी'बाहेक 'हाथी मेरे साथी' पनि ओटीटीमा प्रदर्शन हुनेछ। 

महाराष्ट्रको सिनेघर खोल्न आवश्यक 
निर्माता तथा फिल्म व्यापार विश्लेषक गिरिश जोहर महाराष्ट्रमा सिनेमाघर नखोलेकै कारण रिलिज भएका फिल्महरू घाटामा गएको बताउँछन्। कुनै पनि निर्माता आफ्नो फिल्म तब मात्र रिलिज गर्छन् जब महाराष्ट्रका सिनेमाघर खुल्छन्,' गिरिश भन्छन्।

'महाराष्ट्र एक इन्जिन हो जसको सिनेमा चलाउन महत्वपूर्ण छ। निर्माताहरु महाराष्ट्रमा सिनेमा कहिले खुल्छन् भनेर उत्सुकतासाथ पर्खाइमा छन्,' गिरिश थप्छन्।
 

फिल्महरू ओटिटीमार्फत् रिलिज 
केही निर्माताहरू अब सिनेमाघर पर्खने मुडमा छैनन्। मध्यम बजेटका फिल्महरू आउने दिनमा ओटीटीमार्फत् चल्न सक्छन्। ठूलो बजेट फिल्मको लागि भने ओटीटी पनि उति भरपर्दो छैन। उनीहरू सिनेमाघर पर्खने बाध्यतामा छन्। 

हालै, सलमान खानको 'राधे' पनि प्रति दृश्य मोडेलमा रिलिज भएको थियो। तर फिल्मले ठूलो नाफा कमाउन सकेन। यसबारे गिरीश भन्छन्, 'यदि निर्माताहरु १-२ महिना पर्खन सक्छन्, तब यो ठीक छ, तर जो पर्खन सक्दैनन् निश्चित रूपमा ओटीटी जानेछन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad