ad ad

खेल


सहारा क्लबको अध्यक्षमा सुरज गुरुङ चयन

सहारा क्लबको अध्यक्षमा सुरज गुरुङ चयन

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १०:२६, काठमाडौँ

मोफसलको चर्चित सहारा क्लब, पोखराको अध्यक्षमा सुरज गुरुङ (हरिराम) चयन भएका छन्। 

क्लबको २३ औँ वार्षिकोत्सव तथा १२ औं अधिवेशनले गुरुङलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।
 

समितिको वरिष्ठ उपाध्यक्षमा केशवराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिव रामजीप्रसाद अधिकारी, सचिव सुनिल राना मगर, कोषाध्यक्ष नवराज अधिकारी र सहकोषाध्यक्षमा विनु राना मगर चुनिएका छन्। 

१२ सदस्यीय कार्यसमितिको सदस्यमा रोजिना गुरुङ, ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ, मनमाया तामाङ र मनोज थापा चयन भएका छन्। सहाराले पोखरामा राष्ट्रियस्तरको नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । सहाराले पोखरामा फुटबल एकेडेमी पनि संचालन गर्छ। 

सहारा खेलकुद पत्रकारिता पुरस्कार दीपकलाई 
क्लबले वर्षेनि प्रदान गर्दै आएको सहारा खेल पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार दीपक परियार सम्मानित भएका छन् । परियारलाई नगद २० हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो । उनलाई गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले सम्मान सहित पुरस्कार राशी प्रदान गरे।

सो पुरस्कारबाट यसअघि पत्रकारहरु कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीनानाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देस श्रेष्ठ, इन्द्र पौडेल सम्मानित भइसकेका छन् । यस्तै क्लबको उत्कृष्ट सदस्यको रुपमा रामप्रसाद हिराचन सम्मानित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .