यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको दोस्रो दिन आज समूह चरणका आठ खेल हुँदै छन्।
बुधबार राति समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहका आठ खेल हुनेछन्।
समूह ‘ए’को खेलमा आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेल्जियन क्लब ब्रुग्ज्ससँग खेल्दै छ।
आजको खेलमा केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सी एकसाथ मैदान उत्रिने सम्भावना छ।
समूह ‘ए’कै अर्को खेलमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दै छ।
समूह ‘बी’को खेलमा एट्लेटिको म्याड्रिडले पोर्चुगिज क्लब एफसी पोर्टोसँग र लिभरपुलले एसी मिलानसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दै छन्।
समूह ‘सी’को खेलमा बेसिक्टासले बोरुसिया डर्टमुन्डको सामना गर्दा स्पोर्टिङ सिपीले आयाक्ससँग खेल्नेछ।
समूह ‘डी’मा रहेको साख्तर डोनेस्कले पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको एफसी सेरिफसँग खेल्नेछ।
समूह ‘डी’कै अर्को खेलमा इटालियन च्याम्पियन इन्टर मिलानले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्दै छ।
Shares

प्रतिक्रिया