ad ad

खेल


च्याम्पियन्स लिगः योङ ब्वाइजसँग म्यानचेस्टर युनाइटेडकाे हार

च्याम्पियन्स लिगः योङ ब्वाइजसँग म्यानचेस्टर युनाइटेडकाे हार

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ६:४१, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमै म्यानचेस्टर युनाइटेडले हारेकाे छ। 

मगंलबार राति भएको समूह एफको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई युनाइटेड योङ ब्वाइजले २–१ ले  जितेकाे हाे। 

योङ ब्वाइजको घरेलु मैदान वान्कडर्फ बर्नमा भएको खेलमा १० खेलाडीमा समेटिएको युनाइटेड समूह चरणको पहिलो खेलमै हारेकाे हाे। 

खेलको १३औँ मिनेटमा नै क्रिस्टियानो रोनाल्डोको गोलमा युनाइटेडले अग्रता बनाएको थियो। ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुवती अग्रता दिलाएका थिए। 

खेलको ३५औँ मिनेटमा वान बिसाका रातो कार्ड खाँदै मैदान छाडेपछि युनाइटेड १० खेलाडीमा सीमित भयो। बिसाकाले क्रिस्टोफर मार्टिन्सविरुद्ध खराब ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए।

खेलको ६६औँ मिनेटमा क्यामरुनी विगंर मौमी नामलेउले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

खेलको अन्तिम मिनेटसम्म एक एक को बराबरीमा रहेको खेलमा अन्तिम मिनेटमा युनाइटेड सम्हालिन नसक्दा अंक गुमाउन बाध्य भयो।

दोस्रो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा जोर्डन सबिच्युले गोल गर्दै युनाइटेडसँग अंक खोस्न सफल भयो। जितसँगै योङ ब्वाइजले अंक तालिकामा ३ अंक जोडेको छ। 

सोही समयमा भएको समुह जी को खेलमा सेभिल्ला र एफसी रेड बुल साल्जवर्गले बराबरी गर्दै अंक बाँडे। 

सेभिल्लााको घरेलु मैदानमा भएको खेलमा २१ औँ मिनेटमा साल्जवर्गका मिडफिल्डर लुका सुसिकले पेनाल्टीमा गोल गर्दै अग्रता बनाएका थिए।

खेलको ४२औँ मिनेटमा इभान राकिटिचले पेनाल्टीमा गोल गर्दैै खेललाई बराबरीमा ल्याए। खेलको ५०औँ मिनेटमा युसुफ एन नेसिरीले दोहोरो पहेलो कार्ड खाँदै बाहिरिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .