ad ad

खेल


यूईएफए च्याम्पियन्स लिगः चेल्सीको विजय सुरुवात

यूईएफए च्याम्पियन्स लिगः चेल्सीको विजय सुरुवात

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ६:२६, काठमाडौँ

रोमेलु लुकाकुको निर्णायक गोलमा साविक विजेता चेल्सीले यूईएफए च्याम्पियन्स लिग २०२०–२१ अन्तर्गत समूह चरणको पहिलो खेलमा विजय सुरुवात गरेको छ।​

मगंलबार राति भएको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको समुह एच को खेलमा चेल्सीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई १–० ले हराएकाे हो।

 

पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो। खेलको ६९औं मिनेटमा लुकाकुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएको थियो। तर खेलमा थप गोल हुन नसक्दा त्यो गोल नै निर्णायक बन्न पुग्यो। 

जितसँगै चेल्सीले अंक तालिकामा ३ अंक जोडेको छ। 

यही समुहको अर्को खेलमा युभेन्टसले माल्मोमाथि ३–० को फराकिलो जित निकालेको छ। 

युभेन्टसको जितमा लोवो सिल्भा, डिवाला र मोराटाले गोल गरे। जितसँगै युभेन्टसले ३ अंक जोडेको छ। 

गएराति नै भएको समुह जी को खेलमा लिल र वल्फ्वर्गले गोलरहित बराबरी खेल्दै अंक बााडे। 

समुह एफको खेलमा भिल्लारियल र एटलान्टाले पनि दुई दुई गोलको बराबरी गर्दै अंक बाँडेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .