श्रीलंकन क्रिकेटर लासिथ मालिङ्गाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। तीव्र गतिका बलर तथा ब्याट्सम्यान मालिङ्गाले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले सन्यास घोषणा गरेका हुन्।
सन् २००४ मा टेष्ट क्रिकेटमा डेब्यु गरेका मलिङ्गाले २०१० सम्म मात्र टेष्ट क्रिकेट खेलेका थिए। इण्डियाविरुद्धको खेलमा अन्तिम पटक टेष्ट खेलेका थिए।
मलिङ्गाले ३० टेष्ट, २ सय २६ एक दिवसीय र ८४ टि २० अन्तर्राष्टिय खेलमा ५ सय ४६ विकेट लिएका छन्। ३० टेष्ट म्याचमा मलिङ्गाले १ सय १ विकेट लिएका छन् भने ३३ सय ४९ रज बनाएका छन्।
२ सय २६ एक दिवसीय खेलमा ९७६० रन बनाएका मलिङ्गाले ३ सय ३८ विकेट झारेका छन्। एक दिवसीय खेल करियरमा मलिङ्गाले सबैभन्दा धेरै अष्टेलिया, इंग्ल्याण्ड र पाकिस्तान विरुद्धको खेलमा समान ४८ विकेट झारेका छन्।
८४ टी २० मा २२ सय २५ रन बनाउनुका साथै १ सय ७ विकेट झारेका छन्। सन् २००६ मा इग्ल्याण्डविरुद्धको खेलबाट टि २० अन्तर्राष्टियमा डेब्यु गरेका मलिङ्गाले अन्तिम पटक सन् २०२० मा वेष्ट इण्डिजविरुद्ध खेलेका थिए।
सन् २००४ मा एक दिवसीय क्रिकेटमा संयुक्त अरब एमिरेट्सविरुद्ध डेब्यु गरेका उनले २०१९ मा बगंलादेशविरुद्ध अन्तिम पटक खेलेका थिए।
Hanging up my #T20 shoes and #retiring from all forms of cricket! Thankful to all those who supported me in my journey, and looking forward to sharing my experience with young cricketers in the years to come.https://t.co/JgGWhETRwm #LasithMalinga #Ninety9
— Lasith Malinga (@ninety9sl) September 14, 2021
Shares
प्रतिक्रिया