त्रिकोणात्मक एक दिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
टस जितेर नेपालले अहिले ब्याटिङ गरिरहेको छ।
नेपालका ओपनर ब्याट्सम्यान आसिफले पाँच चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन्।
आसिफले ६२ बलमा ५१ रन बनाएर खेलिरहेका छन्।
कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलको विकेट नेपालले गुमाइसकेको छ। १९ ओभर सकिँदा नेपाल २ विकेट गुमाएर ८७ रनमा खेलिरहेको छ।
12
Shares
प्रतिक्रिया