ad ad

खेल


च्याम्पियन्स लिगको नयाँ सिजन रातिदेखि, आज ४ समूहका ८ खेल हुने

च्याम्पियन्स लिगको नयाँ सिजन रातिदेखि, आज ४ समूहका ८ खेल हुने

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १७:०, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१–२२ आज मंगलबार रातिदेखि सुरु हुँदै छ। 

कुल ३२ टोलीले स्पर्धा गर्ने लिगमा युरोपियन टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। 

लिगको पहिलो दिन आज राति ४ समूहका ८ खेल हुनेछन्। 

समूह ‘एच’मा रहेको साविक विजेता चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटरवर्गसँग स्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ। 

सोही समुहको अर्को खेलमा स्वीडेनको माल्मो एफसीले इटालियन क्लव युभेन्ट्सको सामना गर्नेछ। 

यही सिजन किर्तिमानी गोलकर्ता क्रिष्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेड आएका छन्। लिगको पहिलो दिन समूह एफ मा रहेको स्विट्जरल्यान्डको योङ ब्वाइजले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। 

सोही समूहको अर्को खेलमा स्पेनिस क्लब भिल्ला रियलले इटालियन क्लब एटलान्टासँग स्पर्धा गर्नेछ। 

यस्तै पहिलो पटक लियोनल मेस्सी बार्सिलोना बाहेकको क्लवका लागि खेल्नेछन्। मेस्सी पनि यो सिजन नयाँ क्लव पेरिस सेन्ट जर्मन आएका छन्। 

यो सिजन उपाधि उचाल्ने दाउमा रहेको पीएसजीले मेस्सी बाहेक सर्जियो रामोसलाई पनि टोलीमा अनुबन्ध गरेको छ। 

केलियन एम्पापे, नेयमार लगायताका स्टार खेलाडीले भरिएको पीएसजीले यो सिजन उपाधि उचाल्न सकेन भने कहिल्यै उपाधि जित्न नसक्ने विश्लेषकहरुले बताइरहेका छन्। 

लिगकै लागि भनेर पीएजसीले ठुलो रकम खर्च गरेको छ। त्यसैले पनि यो सिजन अझ रोमाञ्चक हुनेछ। 

समूह ‘जी’मा रहेको स्पेनिस क्लब सेभियाले रेडबुल साल्जवर्गसँग खेल्दा फ्रान्सेली क्लब लिलले जर्मन क्लब वल्फ्सवर्गसँग खेल्नेछ। 

समूह ‘ई’को खेलमा क्याटलान क्लब बार्सिलोना र जर्मन क्लव बायर्न म्युनिख तथा युक्रेनी क्लब डेनामो किएभल र पोर्चुगिज क्लब बेन्फिका आमनेसामने हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .