ad ad

खेल


स्पेनिस ला लिगा : रियल बेटिस र इल्चे विजयी

स्पेनिस ला लिगा : रियल बेटिस र इल्चे विजयी

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १४:३६, काठमाडौँ

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन्। रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २–१ गोलले हरायो। अर्को प्रतिस्पर्धात्मक खेलमा इल्चेले गेटाफेमाथि १–० गोलको कठिन जित निकाल्यो।

रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले गोल गरे। ग्रानाडाका लुइस सुवारेजले सान्त्वना गोल गरेका थिए। रोड्रीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टोलीको उत्साह बढाए। उनले गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए।

त्यसपछि ६६औं मिनेटमा ग्रानाडाका लुइसले गोलगर्दै खेललाई १–१ को बराबरीमा ल्याए। लुइसले रुवेन रोचिनाको पासमा गोल गरेका थिए। रोमाञ्चक खेलको ८९औं मिनेटमा सर्जियोले गोल गर्दै रियल बेटिसलाई जिताए। उनले पनि गुईडो रोड्रीग्वेजको पासमा गोल गरेका थिए।

खेलमा बेटिसले ५७ र ग्रानाडाले ४३ प्रतिशत बल पोसेसन राखेको थियो। बेटिसका सर्जियो कानालेस ‘म्यान अफ दी म्याच’ भए। जितसँगै बेटिस नवौं स्थानमा उक्लिएको छ। बेटिसले चार खेलबाट पाँच अंक बनाएको छ। पराजित ग्रानाडा दुई अंक सहित १७औं स्थानमा छ।

यसैगरी अर्को खेलमा इल्चेलाई जिताउन लुकास पेरेज नायक बने। लुकासले ६९औं मिनेटमा जोहन मोजिकाको पासमा गोल गरेका थिए। खेलमा गेटाफेले ५६ प्रतिशत बल पोसेसन राखेको गेटाफेले गोल फर्काउन सकेन। इल्चेका जोहन मोजिका ‘म्यान अफ दी म्याच’ भए।

जितसँगै चार खेलबाट पाँच अंक बनाएको इल्चे १०औं स्थानमा छ। पराजित गेटाफे अंकबिहिन बन्दै १९औं स्थानमा छ। लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १० अंक छ। रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ। त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ।

त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नु पर्ने छ। हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .