खेल


एक दिवसीय वरीयतामा नेपालको सुधार, १५औँ स्थानमा उक्लियो

एक दिवसीय वरीयतामा नेपालको सुधार, १५औँ स्थानमा उक्लियो

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १३:६, काठमाडौँ

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एक दिवसीय विश्व वरीयतामा एक स्थान सुधार गरेको छ। 

आईसीसीले आज मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लेको हो। 

नेपालले ८ खेलमा २ सय ८८ प्वइन्ट र ३६ रेटिङ पाएको छ। ओमान भने एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको छ। 

वरीयताको शीर्ष स्थानमा न्युजिल्यान्ड, दोस्रोमा इंग्ल्यान्ड, तेस्रोमा अस्ट्रेलिया र चौथो स्थानमा इन्डिया छ। 

स्कटल्यान्ड १४औँ, यूएई १७औँ, नामिबिया १८औँ, अमेरिका १९औँ र पपुपा न्युगिनी २०औँ स्थानमा छ। 

नेपालले यी टोलीसँग आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नुपर्नेछ।  

टी२० आई वरीयतामा नेपाल १३औँ स्थानमा यथावत् छ।

त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँगको दुई ओडीआई सिरिज क्लिन स्विप गरेको छ। 

नेपालले पहिलो खेलमा पपुपा न्युगिनीलाई दुई विकेटले तथा दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले हराएको थियो। 

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा हिजो सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .