नेपालको लिग च्याम्पियन मनाङ मर्साङ्दी क्लब एएफसी कप फुटबलबाट बाहिरिएको छ।
बुधबार साँझ बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग ५-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
अबहानीको जितमा नाबिब निवाज जीबोन, केर्भिन्स बेल्फोर्ड,जिवेल राना,सन्डे चिजोबा र होसेन बादसाहले एक एक गोल गरेका थिए।
यो हारसंगै समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ। मनाङ समूहको पुछारमा रहेको छ। अबहानी ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया