स्पेनिस ला लिगा फुटबलमा शनिबार भएको खेलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोना विजयी हुँदा अर्को खेलमा रियल मड्रिड भने पराजित भएको छ।
बार्साले एइबरलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गरेको हो। बार्साको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र एन्टोनी ग्रीजम्यानले समान एक–एक गोल गरे।
रियल मड्रिड भने मालोर्का क्लबसँग १–० ले पराजित भएको हो। मालोर्काको जितका लागि लागो जुनियरले खेलको ७ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलबाट बार्साको १९ अंक भएको छ। रियल मड्रिड लिगको १८ औं स्थानमा छ। ग्रानडा १७ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया