इटालिएन सिरि ए फुटबलमा क्रिस्टियानो रोनाल्डो आवद्ध युभेन्ट्सले जित हात पारेको छ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–१ ले पराजित गरेको हो।
युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र मिरालेम पजानिकले समान एक एक गोलगर्दा बोलोग्नाका लागि ड्यानिलोले एक गोल गरे।
यस जितसँगै युभेन्ट्स लिगमा २२ अंकसहित शीर्ष स्थानमै कायम रहन सफल भएको छ।

प्रतिक्रिया