खेल


ओलम्पिकको अन्तिम दिन चीनलाई उछिन्यो अमेरिकाले

ओलम्पिकको अन्तिम दिन चीनलाई उछिन्यो अमेरिकाले

नेपालखबर
साउन २४, २०७८ आइतबार ११:१०, काठमाडौँ

टोक्यो ओलम्पिक-२०२० को अन्तिम दिन आइपुगेर  अमेरिकाले चीनलाई उछिनेको छ।  चीनले लगातार अग्रता बनाइरहेको अवस्थामा आइतवार अमेरिकाले स्वर्ण पदक जितेको संख्या ३८ पुर्‍याउँदै चीनलाई उछिनेको हो। 

जुलाई २३ देखि जापानको राजधानी सहरमा कोरोना संकट छल्दै सुरु भएको ओलम्पिकको आजै औपचारिक रुपमा समापन हुनेछ। 

आइतवार अन्तिम दिसम्म अमेरिकाले ३८ स्वर्ण, ३९ रजत र ३३ वटा कास्य पदकसहित जम्मा ११० पदक जित्न सफल भएको छ। 

सुरुका केही दिन आयोजक जापानले अग्रता बनाए पनि त्यसपछि अगाडि आएको चीनलाई पनि अन्तिममा अमेरिकाले उछिनेको हो। 

अन्तिम दिनमा आइपुग्दा चीनले अमेरिकासँगै समान ३३ स्वर्ण, ३१ रजत र १८ कास्यसहित जम्मा ८७ पदक जित्दै दोस्रो स्थानमा झरेको छ।

यो ओलम्पिकमा जापानले पनि घरेलु भूमिको फाइदा लिएको छ। जापानले अहिलेसम्म २७ स्वर्ण पदक जितिसकेको छ। जापानले १४ रजत र १७ कास्यसहित कुल ५८ पदक चुमेको छ।

उता ग्रेट ब्रिटेनले हालसम्म २१ स्वर्ण, २१ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ। उता रसियन ओलम्पिक टिमले २० स्वर्ण जितेको छ। उसले २७ रजत र २३ कास्यसहित ७० पदक जितेको छ।

अस्ट्रेलियाले ओलम्पिकको अन्तिम दिनसम्म आउँदा १७ स्वर्ण, ७ रजत र २२ कास्यसहित जम्मा ४६ पदक जितेको छ।

जर्मनीले १० स्वर्ण, ११ रजत र १६ कास्यसहित जम्मा ३७ पदक जितिसकेको छ। उता नेदरल्यान्ड्सले १० स्वर्ण, ११ रजत र १४ कास्यसहित ३४ पदक जितेको छ।

इटालीले १० स्वर्ण, १० रजत र २० कास्यसहित ४० पदक जितेको छ। फ्रान्सले अन्तिम दिनसम्म ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित जम्मा ३२ पदक जितेको छ। 

टोक्यो ओलम्पिकमा अन्तिम दिनसम्म आइपुग्दा सहभागीमध्ये ८५ देशले पदक जितेका छन्।

सहभागीमध्ये ६३ देशले कम्तीमा एक एक स्वर्ण पदक जितेका छन्। टोकियो ओलम्पिकको समापनको दिन आइतवार आठवटा खेलबाट उपाधिको छिनोफानो हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad