समाज


सकड खन्दा बम भेटियो

सकड खन्दा बम भेटियो

नेपालखबर
साउन २४, २०७८ आइतबार १०:४८, काठमाडौँ

सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा बम फेला परेको छ। ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको प्रहरीले जनाएको छ। 

इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेट बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। फेला परेको बस्तु ग्रिनेट बम भएको नेपाली सेनाले जनाएको छ।

उक्त बम सैनिक टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad