ad ad

खेल


टोक्यो ओलम्पिक : अग्रता बढाउँदै चीन, जापान र अमेरिका पछ्याउँदै

टोक्यो ओलम्पिक : अग्रता बढाउँदै चीन, जापान र अमेरिका पछ्याउँदै

नेपालखबर
साउन १६, २०७८ शनिबार १३:१२, काठमाडौँ

जापानको राजधानी टोक्योमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीनले अग्रता बढाउँदै लगेको छ। शनिबार दिउँसोसम्मको नतिजा अनुसार चीनले २० वटा स्वर्ण पदक जितिसकेको छ।

चीनले अहिलेसम्म २० स्वर्ण, १२ रजत र ११ कास्य पदक जित्न सफल भएको छ। शुक्रबारसँग टक्कर दिइरहेका जापान र अमेरिकालाई चीनले विस्तारै पछाडि छाड्न थालेको हो। 

पदक तालिकाको दोस्रो स्थानमा रहेको आयोजक जापानले शनिबारसम्म १७ स्वर्ण, चार रजत र सात कास्य पदक जितेको छ। उता अघिल्ला ओलम्पिकमा एकछत्र राज गर्दै आएको अमेरिका अहिलेसम्म तेस्रो स्थानमा छ। उसले शनिबारसम्म १६ स्वर्ण, १७ रजत र १२ कास्य जितेको छ। त्यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ। 

यसैगरी अस्ट्रेलिया १० स्वर्ण, तीन रजत र १३ कास्य पदक जितेर पाँचौँ स्थानमा छ। उता बेलायत आठ स्वर्ण, नौ रजत र १० कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यसहित सातौँ स्थानमा छ। 

नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, ६ रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा छ। 

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६५ देशले पदक जितेका छन्। यता नेपालका पाँच खेलाडी रित्तै घर फर्किएका छन्। चार खेलबाट सहभागी पाँच खेलाडीमध्ये केहीले राष्ट्रिय कीर्तिमान सुधार गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .