ad ad

खेल


टोक्यो ओलम्पिकमा सहभागी हुने खेलाडीमा दिनहुँ कोरोना पुष्टि

टोक्यो ओलम्पिकमा सहभागी हुने खेलाडीमा दिनहुँ कोरोना पुष्टि

नेपालखबर
साउन ६, २०७८ बुधबार १४:५,

टोक्यो ओलम्पिकमा सहभागी हुनपुगेका थप एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

ओलम्पिक भिलेजभित्र रहेका तेक्वान्दोका खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको ओलम्पिक आयोजक कमिटीले जनाएको छ। 

आफ्नो तेक्वान्दो खेलाडीमा कोरोना सक्रमण पुष्टि भएपछि चिली ओलम्पिक कमिटीले आफ्नो खेलाडीको नाम फिर्ता लिने निर्णय गरेको छ। 

जापान पुगेपछि कोरोना संक्रमणका कारण नाम फिर्ता लिने उनी पहिलो खेलाडी हुन्। 

ओलम्पिकमा एक खेलाडीसहित थप ८ जनालाई आज एकै दिन कोरोना सक्रमण पुष्टि भएको छ। 

ती खेलाडीसहित खेल सम्पर्क व्यक्ति र टोकियो २०२० कन्ट्रयाक्टर गरी ८ जनामा कोभिड–१९ पुष्टि भएको हो। 

योसँगै ओलम्पिक भिलेजमा रहेका ६ खेलाडीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .