कोरोना महामारीका कारण विगत २ महिनादेखिको लकडाउनले गर्दा आर्थिक संकटमा परेको भन्दै नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ।
निजी क्षेत्रबाट लगानी गरी सञ्चालन गरेको फुटसल मैदान सञ्चालनका लागि राज्यको कुनै पहल नदेखिएकोतर्फ ध्यानाकर्षण गराउँदै संघले जिल्ला प्रशासन कार्यालय काठमाडौमा ज्ञापन पत्र बुझाएको हो।
पछिल्लो समय लकडाउन खुकुलो भएसँगै खेल क्षेत्रमा सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गरी सञ्चालन गर्न आफूहरु प्रतिबद्ध रहेको संघले जनाएको छ।
फुटसल व्यवसाय सञ्चालनको प्रबन्ध मिलाइदिन ध्यानाकर्षणको ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष राज महर्जनले बताए।
स्वास्थ्यका सबै मापदण्ड पूरा गर्दै १० जनालाई मात्र प्रवेश गर्न दिने प्रतिबद्धता पनि संघले गरेको छ।
Shares
प्रतिक्रिया