सन् २०२२ मा हुने एफसी महिला एसियन कप छनोट खेलका लागि स्थान तय भएको छ।
एसियन फुटबल महासंघ (एएफसी) र एएफसी महिला एसियन कप भारत २०२२ को स्थानीय आयोजक कमिटीले मंगलबार खेल स्थानको टुंगो लगाएका हुन्।
प्रतियोगिता भारतको मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्स र पुनेको वेलवाडीस्थित शिव छत्रपति स्पोर्ट्स कम्प्लेम्समा हुनेछ।
कोरोना भाइरसको महामारीको कारण छोटो यात्राका लागि नयाँ स्थान तय गरिएको एएफसीले जनाएको छ। प्रतियोगिता अवधिभरका लागि स्वास्थ्यजाँचलगायतको व्यवस्था गरिनेछ।
जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगिताका लागि ३७ हजार ९ सय क्षमता रहेको मुम्बईको तीनवटा स्टेडियममा प्रतियोगिता गरिनेछ।
एसियन कप फुटबलमा सहभागी हुने २८ टोली सहभागी टोलीलाई ८ समुहमा विभाजन गरिएको छ।
समूह एफमा रहेको नेपालले घरेलु मैदानमा छनोट खेल खेलाउनेछ।
नेपाल रहेको समूह एफमा हङकङ र फिलिपिन्स रहेका छन्।
छनोट चरणका खेलहरु काठमाडांैको दशरथ रगंशालामा खेलाउने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
Shares

प्रतिक्रिया