एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन भएका नेपाल भलिबल संघले संघका महासचिव जितेन्द्र बहादुर चन्दलाई बधाई तथा शुभकामना दिएको छ।
महासचिव चन्दलाई सफल कार्यकालको शुभकामना दिँदै पदाधिकारीहरुले नेपालजस्तो विकासोन्मुख देशले एसियन सेन्ट्रल जोनको पदाधिकारी जस्तो पदमा नियुक्त हुनु नेपाल तथा भलिबल संघको नै गौरवको विषय भएको बताए।
महासचिव चन्दले भने, सेन्ट्रल जोनको कोषाध्यक्षमा नियुक्त हुनु भनेको नेपालले भलिबल खेलको विकासमा गरेको कार्यहरुको मुल्यांकनको प्रतिफल भएको भन्दै आगामी दिनमा भलिबल खेलको विकास र विस्तारमा अझै बढि कार्यगर्नु पर्ने बताए।
चन्दलाई संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरु, प्रशिक्षक तथा खेलाडीहरुले बधाई तथा शुभकामना दिएका थिए।
18
Shares

प्रतिक्रिया