मंगलबार सामाजिक संजालमार्फत एक विज्ञप्ति जारी गर्दै पारस खड्काले नेपाली क्रिकेट टोलीको कप्तानी छाडेपछि त्यसको चर्चा–परिचर्चा सुरु भएको छ।
यसै सन्दर्भमा क्रिकेटर सन्दिप लामिछानेले पारसलाई सम्बोधन गर्दै सामाजिक संजाल फेसबुकमा एक स्टाटस राखेका छन्।
उनी लेख्छन, ‘तपाईको नेतृत्व अन्तर्गत यात्रा सुरु गर्दै हामी त्यस्ता स्थानहरूमा पुगेका छौं जुन नेपाल क्रिकेट पहिले–पहिले कहिल्यै पुग्न सकेको थिएन। तपाईंले विगतका वर्षहरूमा मलाई र धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेललाई प्रेम गर्न सबै कारणहरू दिनुभयो।’
सन्दीपले आफूले अझ धेरै वर्ष पारसले नेपाली क्रिकेटमा प्रतिनिधित्व गरेको हेर्न चाहेको बताएका छन्। उनले भनेका छन्, ‘जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ। त्यसको कप्तान तपाईं हुनुहुन्छ, द लिजेन्ड पारस खड्का।’
प्रतिक्रिया