अन्तर्राष्ट्रिय संचार माध्यमले कोरियाली प्रहरीको भनाई उदृत गर्दै सुलीले आत्महत्या गरेको हुनसक्ने आशंकासहितको समाचार छापेका छन्।
प्रहरीले हाल उनको मृत्युका सम्बन्धमा अनुसन्धान गरिरहेको छ। उनको घरमा कुनै सन्देश पत्र भने छाडिएको थिएन।
२५ वर्षीया सुली सन् २००५ मा बाल कलाकारको रुपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी थिइन्। पछि उनले युवतीहरुको एक ब्यान्ड ग्रुपमा प्रवेश गरिन् र निकै चर्चा कमाइन्।
आफ्नो शरीरलाई आफूले नियन्त्रण गर्न पाउनुपर्ने बताउने सुलीले बेलाबेला आफ्ना विवादास्पद तस्बिरहरु पनि सार्वजनिक गर्ने गरेकी थिइन्। कैयौँपटक उनका निप्पल देखिएका तस्बिरहरु सार्वजनिक हुँदा उनले आलोचना खेप्दै आएकी थिइन्।
एक अन्तर्वातामा सुललीले आफूमाथि आउने टिप्पणीहरु र मिडियामा फैलिएको अहफावका कारण आफू शारीरिक तथा मानसिक रुपमा थकित भएको बताएकी थिइन्।
उनको वास्तविक नाम चोय जीन–री हो। सन् २०१४ मा पापाराजी पत्रकारितामार्फत उनले उमेरमा आफूभन्दा जेठा र्यापरसँग डेट गरिरहेको तस्बिर सार्वजनिक भएको थियो।
उनी ब्रा नलगाई हिँड्न रुचाउँथिन्। उनी भन्थिन्, ‘मलाई यसरी नै सहज हुन्छ।’ उनको इन्स्टाग्राममा ५० लाख फलोअर्स छन्। एजेन्सी

प्रतिक्रिया