कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ भने उनकी हजुरआमा गम्भीर घाइते भएकी छन्।
आइतबार बिहान साढे २ बजे लालझाडी गाउँपालिका–६ चान्देव ढक्का शिविरमा हात्तीले घरमा आक्रमण गर्दा ६ वर्षीया रोजिना साउँदको ज्यान गएको हो।
घटनामा उनकी हजुरआमा ५५ वर्षीया पार्वती साउँद गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर डीएसपी हेम शाहीले बताए।
उनका अनुसार आक्रमणपछि दुबै जनालाई उपचारका लागि धनगढीस्थित नवजिवन अस्पताल लगिएको थियो।
उपचारकै क्रममा रोजिनाको साँझ ६ बजेर १५ मिनेटमा मृत्यु भएको हो। घाइते पार्वतीको सोही अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
51
Shares

प्रतिक्रिया