समाज


सुतिरहेको ठाउँमै आएर हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

सुतिरहेको ठाउँमै आएर हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ९:४९, कञ्चनपुर

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१४ बनकट्टीकी ४५ वर्षीया धाना बिष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार मंगलबार राति करिब ३ बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीले स्थानीय नन्दलाल बिष्टको कच्ची घरमा प्रवेश गरेर मान्छेलाई आक्रमण गरेकाे हाे।

कच्ची घर भत्काएर भित्र प्रवेश गरेकाे हात्तीले सुतिरहेकाे अवस्थामा नन्दलालकी श्रीमती धानालाई आक्रमण गरेकाे हाे। 

उनलाई हात्तीले दाहिने खुट्टा, कुम र पुठ्युमा कुल्चेर गम्भीर घाइते बनाएको थियो।

प्रहरी चौकी झुलुङ्गे र मझगाउ ब्यारेकबाट  खटिएको नेपाली सेनाको टोलीले धानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको थियो। 

उपचारको क्रममा मंगलबार बिहान महाकाली प्रादेशीक अस्पतालमा  महेन्द्रनगरमा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad