बागमती


चितवनमा ४ महिनामा २२४ सवारी दुर्घटना, २९ जनाको गयो ज्यान

दुर्घटनामा परेका ३३३ सवारीसाधनमध्ये २०१ मोटरसाइकल
चितवनमा ४ महिनामा २२४ सवारी दुर्घटना, २९ जनाको गयो ज्यान

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १०:३, चितवन

बितेका चार महिनामा चितवन जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको छ। जसमा २१ पुरुष, ६ महिला र २ बालबालिका छन्।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म २ सय २४ वटा सवारी दुर्घटना भएका हुन्। 

ती दुर्घटनामा २९ जनाको मृत्यु भयो भने ४ सय ५६ जना घाइते भएका छन्।

यसरी दुर्घटनामा परेकामा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन्।

उनका अनुसार चार महिनामा ३ सय ३३ वटा सवारीसाधन दुर्घटनामा परेका हुन्। तीमध्ये २ सय १ मोटरसाइकल छन्।

यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३०, ट्रक, ट्यांकर २४, बस १५, टेम्पो १४ छन्। यसैगरी टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चारवटा यस अवधिमा दुर्घटनामा परेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएका थिए। 

गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ।

गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने ४ सय १४ जना घाइते भएका थिए।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताए।

फराकिला सडकमा तीव्र गति र मादक पदार्थ पिएर सवारीसाधन चालउँदा अहिले दुर्घटना बढेको उनले बताए।

सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad