वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।
महाकाली राजमार्गमा पर्ने बैतडीको दोगडाकेदार-५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए।
यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ। खोड्पे-बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। रासस
48
Shares

प्रतिक्रिया