समाज


ताला लगाएको कोठाभित्र युवतीको शव भेटियो, प्रहरी घटनास्थलमा

ताला लगाएको कोठाभित्र युवतीको शव भेटियो, प्रहरी घटनास्थलमा

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८२ सोमबार १०:८, कञ्चनपुर

कैलालीको धनगढीमा सोमबार बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्।

धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा ३० वर्षीया रेनुका चौधरी मृत अवस्थामा भेटिएकी हुन।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी हुन्। 

उनी बैयाबेहडीमा कोठा भाडामा बस्दै आएकी थिइन्। कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा भित्र युवतीको शव फेला परेको डीएसपी सिंहले बताए। 

घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad