समाज


विनयी खोलाको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध

विनयी खोलाको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध

नेपालखबर
असार ९, २०८२ सोमबार १०:२०, काठमाडौँ

नवलपरासीमा बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड सोमबार बिहानदेखि पूर्णरुपमा अवरुद्ध भएको छ। 

सोमबार बिहान भएको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछी पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नसकेका सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका- ३ सर्दी भएर बग्ने खोरन्डी खोलामा आएको बाढीले  नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएको हो। 

डाइभर्सन बाढीले बगाएपछि यातायात पूर्ण रुपमा अबरुद्ध भएको छ। 

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दीबाट सुरक्षाफौज परिचालन गरिएको छ। 

यसैगरि आज बिहानको बर्षाले गोरखाको गोरखा नगरपालिका-८ ढुंगागाडेस्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि  सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad