समाज


भारतीय भिरमा घाँस काट्ने क्रममा लडेर नेपाली किशोरीको मृत्यु

भारतीय भिरमा घाँस काट्ने क्रममा लडेर नेपाली किशोरीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८२ शनिबार १०:२४, बझाङ

बझाङको छविसपाथिभेरा गाउँपालिका-७ की १४ वर्षीया करिना बोहराको भारतीय भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ। 

आमा पटुदेवीसँगै भारतको केदारनाथ गएकी उनी घाँस काट्ने क्रममा भिरबाट लडेकी थिइन्।  

शुक्रबार बिहानतिर घाँस काट्ने क्रममा उनी केदारनाथको भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी खोरीको सूर्यादय माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्थिन्।  करिनाको अन्तिम संस्कार केदारनाथमै गरिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad