समाज


रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा २४ वर्षीय युवकको मृत्यु, २ युवक घाइते

रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा २४ वर्षीय युवकको मृत्यु, २ युवक घाइते

नेपालखबर
जेठ २२, २०८२ बिहिबार ८:५३, कञ्चनपुर

कैलालीमा बिग्रिएर सडक छेउमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बिहीबार बिहान घोडाघोडी नगरपालिका- १ सुखड भालुफटामस्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको से ६ प ४४३६ नम्बरको मोटरसाइकल सु.प.प्र ०१-००२ त ५१५८ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो।

प्रहरीका अनुसार बिग्रेर सडकको बाँयातर्फ रोकि राखेको इन्जिन नभएको ट्रलीमा ठोक्किएर घाइते भएका मोटरसाइकल पछाडी सवार घोडाघोडी नगरपालिका- २ का २४ वर्षीय राधेश्याम चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ३ का २१ वर्षीय शंकर चौधरी र मोटरसाइकलमै सवार घोडाघोडी नगरपालिका- २ का २२ वर्षीय अर्जुन चौधरी घाइते भएका छन्।

घाइते चालकको मायामेट्रो अस्पताल धनगढी र अर्का घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad