बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
बिहीबार साँझ भएको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।
ठाउँठाउँमा खसेको पहिरो पन्छाउन जेसीबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए। रासस
1.0k
Shares

प्रतिक्रिया