कैलालीको जानकी गाउँपालिका-५ अमौरामा गाडीको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ।
सुदूरपश्चि प्रदेश-०१-००१ ज १५९८ नम्बरको हाइस गाडीको ठक्करबाट साइकलयात्री सोही ठाउँका ४४ वर्षीया हरू बडुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बिहान गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
ठक्करबाट साइकलमा सावर अर्का एक जना घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
39
Shares

प्रतिक्रिया