कैलालीको धनगढी उपमहानगरपालिका–९ को सालघारी सामुदायिक जंगलमा आइतबार दुईजना युवकको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका ३३ वर्षका कैदा राना मृत भेटिएका हुन्।
चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो भने रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र सिंह बोहोराले जानकारी दिए।
प्रहरीका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो।
चौधरीको शवको करिब १५ मिटर पर रानाको शव भुईँमा पल्टिएको अवस्थामा फेला परेको बोहोराको भनाई छ।
मत्युको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुुवै शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
Shares

प्रतिक्रिया