समाज


बाख्रा चराउन गएका २ किशोरी जंगलमा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

बाख्रा चराउन गएका २ किशोरी जंगलमा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

फाइल तस्बिर


गोकुल जोशी
माघ १३, २०८१ आइतबार ७:५१, कञ्चनपुर

अछामको ढकारी गाउँपालिका-१ मा दुई किशोरीको शव फेला परेका छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का मृत अवस्थामा भेटिएका हुन। 

उनीहरु नातामा फुपूभदै रहेका आफन्तले बताएका छन्। 

ढकारी गाउँपालिका–१ स्थित सिस्ने ओढारमा उनीहरुको शव फेला परेको प्रहरी निरीक्षक टेक बहादुर देउवाले बताए। 

शुक्रबार बिहान ११ बजे उनीहरु घरबाट बाख्रा चराउन जंगलतिर गएका थिए। बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गरेका थिए। 

शनिबार बेलुका उनीहरुले दुवै किशोरीको शव फेला पारेका हुन। 

प्रहरीलाई बेलुकी ७ बजे खबर आएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारी घटनास्थलमा पुगेका छन्। घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको मृत्युको कारण खुलेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad