समाज


धान कुटाउन मिलमा गएकी १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

बलात्कारपछि हत्या भएको आशंका
धान कुटाउन मिलमा गएकी १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

नेपालखबर
असोज २८, २०८१ सोमबार ५:४३, डडेलधुरा

डडेल्धुराको पोखरा भन्ने ठाउँमा १४ वर्षीया किशोरीको हत्या भएको छ। किशोरीको हत्या गरेको आरोपमा एकजना स्थानीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।  

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी ५८ वर्षीय टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। 

ती किशोरी डडेल्धुराकै अमरगढी नगरपालिका–७ की हुन्। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरिसकेका छन्। 

‘घटना टेकबहादुर भण्डारीको स्टेसनरी पसलमै गरेको हो’, डीएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेगमा आएर किशोरीको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ स्थानीयले भने बलात्कारपछि उनको हत्या भएको हुन सक्ने भन्दै कडा कारबाहीको माग गरेका छन्। 

प्रहरीले भने किशोरीको शव परीक्षण प्रतिवेदन आइनसकेकोले बलात्कारबारे अहिले भन्न नसकिने जनाएको छ। ‘जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुन सक्ने हाम्रो अनुमान छ। तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन’, उनले भने।

किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकैको मिलमा गएकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad